राजेश हमाल भन्छन् – समाजमा बौद्धिक वर्ग मात्र हुँदैनन्


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मवृत्तमा सिनेमा मनोरञ्जन कि बौद्धिक सम्पत्ति भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आइरहेको छ । काठमाडौंमा हालै सम्पन्न ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बौद्धिक वर्गका लागि सिनेमा’ शीर्षकमा अन्तर्किया गरिएको थियो ।

उक्त कार्यक्रममा नायक राजेश हमालले फिल्म ‘मास मिडियम’ भएकाले ठूलो सङ्ख्याको दर्शकको भावनालाई छुने गरेर फिल्म बनाउनुपर्ने धारणा राखे । साथै हमालले चालीस वर्षअघिको नेपाली फिल्म बजारका बारेमा समेत केलाए ।

‘आजको घडीमा आउँदा चलचित्र हेर्ने कल्चर चाहिँ चालीस वर्षअघिको तुलनामा धेरै परिवर्तन भइसकेको छ, मैले पहिलो फिल्म खेल्दा चलचित्र हेर्ने भनेको आफैमा उत्सव थियो, सिनेमा हेर्नुमा दर्शकको आकर्षण थियो ’, हमालले सुनाए ।

उनले कुनै विशेष टार्गेट ग्रुपभन्दा पनि मासको रुचिअनुसार फिल्म बनाउनुपर्ने बताए । सिनेमा बौद्धिक समूहका लागि मात्र नभएर ठूलो सङ्ख्याको दर्शकका लागि पनि भएको उनको भनाइ थियो ।

‘अहिले दर्शकले सिनेमाको कन्टेन्ट, प्रस्तुतीकरण, सबै कुरा चित्त बुझ्यो भने मात्र फिल्म हेर्नुहुन्छ, किनकि अहिले दर्शकले खल्तीमै सिनेमा बोकेर हिँडिरहनुभएको छ,’ हमालले चालीस वर्षअघिको समय स्मरण गर्दै सुनाए, ‘त्यतिबेला नेपाल टेलिभिजनमा नेपाली सिनेमा आउँदा धेरैजसो दर्शकहरु शुरु भएबाट अन्तिमसम्म हेर्नुहुन्थ्यो, आजको दर्शकहरुलाई पैसा दिएर ‘हेर्’ भन्यो भन्ने पनि त्यसरी हेर्नुहुन्न ।’

हमालले अहिले दर्शकसँग फिल्मको सट्टा विकल्प धेरै भएको समेत केलाए ।

नेपालमा बौद्धिक वर्गका लागि मात्र फिल्म बनाइनु जटिल विषय भएको हमालले बताए । साथै उनले फिल्म लगानीविना बन्न नसक्ने माध्यम भएको पनि बताए ।

‘जुन क्षेत्रमा लगानी हुन्छ, त्यो व्यक्तिको नाफा कमाउने इच्छा हुन्छ, अन्य विषयमा चलचित्र बनाएर मुनाफा कमाएन र खाली स्याबासी कमाएर मात्र लगानीकर्ता परिपूर्ति हुँदैन किनकि स्याबासी कमाएर मात्र लगानीकर्ताले अर्को फिल्म बनाउन सक्दैन,’ हमालले थपे, ‘समाजमा खाली बौद्धिक वर्गमात्र हुँदैन, चलचित्रले पनि बौद्धिक वर्ग मात्रलाई फोकस ग–यो भने त्यो सामाजिक भेदभाव पनि हुन जान्छ ।’

‘समाजमा धेरै त्यस्ता व्यक्ति हुन्छन्, जो ढिलै भए पनि ग्रहण गर्नुहुन्छ, बुझ्नुहुन्छ ।’, उनले स्पष्ट पारे ।

हमालले चलचित्रको उद्देश्य कुन वर्गलाई हामीले सम्बोधन गरिरहेका छौँ, त्यसमा भर पनि बताए । उनले आफूले खेलेका फिल्ममध्ये एक फिल्म ‘बसन्ती’ को उदाहरण दिँदै यो फिल्मले तारिफ पाएर पनि निर्माता डुबाएको बताए ।

‘ऐतिहासिक विषयवस्तुमा आधारित उक्त फिल्मलाई धेरै समीक्षकले मन पनि पराउनुभयो, धेरैले मैले तपाईंको बसन्ती हेरेँ, राम्रो छ भन्नुभयो,’ हमालले थपे, ‘तर त्यो फिल्मले धेरै घाटा खायो, यति धेरै घाटा खायो कि ‘बसन्ती’ निर्माण गर्ने निर्माताले अर्को चलचित्र निर्माण गर्न सकेनन् ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : १४ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र