सगरमाथाको साखमा ह्रास, किन बढ्यो समस्या ? « Khabarhub

सगरमाथाको साखमा ह्रास, किन बढ्यो समस्या ?


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले सर्वोच्च शिखरको साखमा ह्रास शीर्षकको समाचार प्रकाशन गरेको छ । समाचारमा जनाइए अनुसार सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छन् ।

सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ। यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ।

यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन्। सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ। कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन्।

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन्। अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन्।

यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए। उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए। आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन।

सन् २०१८ मा तीन सय ४६ र २०१७ मा तीन सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए। जसमध्ये क्रमशः चार र पाँचजनाको मृत्यु भएको थियो। सन् २०१६ मा पाँच र सन् २०१५ मा भूकम्पका कारण १९ जना आरोहीको निधन भएको थियो । सन् २०१४ मा पनि आधार शिविरभन्दा केही माथि आएको हिउँपहिरोमा परी १७ जनाको निधन भएको थियो ।

सगरमाथामा ट्राफिक जाम

सगरमाथामा छोटो समयका लागि मात्र आरोहणअनुकूल मौसम हुने गर्छ। त्यही छोटो अवधिमा धेरै आरोहीले सगरमाथा आरोहण गर्नुपर्दा ट्राफिक जाम हुने गरेको छ। मौसम अनुकूल हुनेबित्तिकै एकैपटक धेरै आरोही र तिनका सहयोगी शिखर पुग्न खोज्छन्।

त्यस्तै, आरोहण गरिसकेका पनि त्यही अवधिमा फर्किरहेका हुन्छन्। यसले गर्दा क्याम्प ३ भन्दा माथि जाम हुन पुग्छ। खासगरी हिलारी स्टेपमा धेरैजना अड्किने गरेको आरोहीहरू बताउँछन्।

यसपटक आरोहणपछि फर्केर हिलारी स्टेपमा तीन घन्टासम्म पालो पर्खनुपरेको आरोही सोना शेर्पाले बताए। ‘लामो समय पालो पर्खनुपर्दा कतिपयको अक्सिजन सकिने अवस्था आउँछ भने कतिपय थाक्छन्,’ पाँचपटक सगरमाथा शिखर पुगिसकेका उनी भन्छन्। आरोहीहरू शिखरतर्फ उक्लँदै थाकिसकेका हुन्छन्, फर्कंदासमेत लाइनमा बस्नुपर्दा झन् असजिलो हुने शेर्पाहरूको भनाइ छ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ६ : ५० बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको